
एजेन्सी– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५०० मिलियन डलर ९६५ अर्ब नेपाली रुपैयाँको मुद्दा दायर गरेका छन् ।
उनीमाथि आफ्ना क्लाइन्टको विश्वास तोडेको र ‘द ट्रम्प अर्गनाइजेसन’ सँगको गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लागाइएको छ । माइकल कोहेनले आफ्नो क्लाइन्टको हितमा काम गर्न वकिलको रूपमा आफ्नो कर्तव्य उल्लङ्घन ट्रम्पले बताएका छन ।
कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले बीबीसीसँगको कुराकानीमा भने, ‘म आफ्ना क्लाइन्ट विरुद्धको मुद्दा असफल हुनेमा विश्वस्त छु ।’ वास्तवमा, माइकल कोहेन पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध लागेको पोर्न स्टार मुद्दामा मुख्य साक्षी हुन् ।
उनले जुरीका अगाडि यस्ता थुप्रै जानकारी दिए जसको आधारमा ट्रम्पविरुद्ध न्यूयोर्कको म्यानहट्टन अदालतमा ३४ वटा आरोप लगाइयो ।
न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार कानुन विशेषज्ञ एलेन सी यारोसेफस्की ट्रम्पले कोहेनलाई दबाब दिन यो मुद्दा दायर गरेको जानकारी दिएको छ ।
यसअघि सन् २०१८ मा कोहेनलाई चुनावी अभियानमा प्रयोग हुने रकमको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको थियो । उनी तीन वर्ष जेल परे । जरिवाना पनि तिर्नुपरेको थियो । जेलबाट बाहिर आएपछि उनी ट्रम्पका आलोचकमा गणना हुन थालेका हुन ।