काठमाण्डु,२० चैत– बारा–२ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट...
काठमाण्डु,२० चैत– नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको एक नेताले जानकारी दिएका छन । प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको...
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा उनको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ हिजो आइतबार सर्वोच्च अदालत पुगेका...
काठमाण्डु,२० चैत– तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेतर्फबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको...
सप्तरी ,२० चैत– सप्तरीको बोदेबर्साईन नगरपालिका– ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको मूत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन–१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन । आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र–२–०१–००१ त...
काठमाण्डु,२० चैत– आज सोमबार सरकार पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी,...
काठमाण्डु,२० चैत–आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने बताइएको छ । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय...
काठमाण्डु,२० चैत–आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले पनि पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने एक नेताले जानकारी दिएका छन । सत्ता...
काठमाण्डु,२० चैत– ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् ।यस्तै आगलागी हुँदा ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला...
काठमाण्डु,२० चैत– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन । आज (सोमबार) बिहान रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन । मन्त्री शर्माले कुनै पनि सञ्चार माध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छन ।...
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी भएको बताएका छन । १० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो...
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगमी १० वैशाखमा चितवन–२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् । सभापति लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले आज दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय...