तनहुँ १ मा सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

काठमाण्डु टुडे २०७९ चैत २० गते १४:०३ मा प्रकाशित

काठमाण्डु,२० चैत– तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेतर्फबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

तनहुँ १ कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us