
काठमाण्डु,२० चैत– बारा–२ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिने भएका छन ।
मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए ।
‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भने ।