
सप्तरी ,२० चैत– सप्तरीको बोदेबर्साईन नगरपालिका– ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको मूत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन–१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन ।
आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र–२–०१–००१ त २५१७
नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।