आजदेखि इन्धनमा घटेको मूल्य लागू

२०७९ चैत २१ गते १२:३६

काठमाण्डु,२१ चैत– नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू हुने नेपाल आयल निगमले जानकारी दिएको छ । हिजो (सोमबार) बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०र१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३...

रवि लामिछाने विरुद्धको मुद्दा सिन्हाको इजलासमा

२०७९ चैत २१ गते १२:१६

काठमाण्डु, २१ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको छ । यो मुद्दा नवौं नम्बरमा रहेको छ । हिजो सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२०७९ चैत २१ गते ११:१७

काठमाण्डु, २१ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदै छ । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सर्वोच्च अदालतमा हिजो सोमबार रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध...

फेरियो ट्वीटरको लोगो, अब निलो चराको ठाउँमा कुकुर

२०७९ चैत २१ गते ११:०७

एजेन्सी– सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ भने ट्वीटरको लोगोमा कुकुरको चित्र रहेको छ । मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको...

वृद्धको हत्या आरोपमा ४ जना पक्राउ

२०७९ चैत २१ गते १०:३१

काठमाण्डु,२१ चैत– प्रहरीले रामेछाप बाट एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रामेछापकाले जानकारी दिएको छ । पक्राउ पर्नेमा ६२ वर्षीय...

सरकारबाट देश विकासको आस गर्ने ठाउँ छैन: गुरुङ

२०७९ चैत २१ गते १०:२२

काठमाण्डु,२१ चैत– एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन नसकेको बताएका छन । आज (मंगलबार) सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनलेदक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै...

अहिलेको प्रणालीले कुनै परिणाम दिँदैन: पूर्वराजा शाह

२०७९ चैत २० गते १८:२१

काठमाण्डु,२० चैत– पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना नहुने बताएका छन । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पूर्वराजाले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम...

वैशाख १० नयाँ युगको आह्वान गर्ने दिन हो स्वर्णिम वाग्ले

२०७९ चैत २० गते १८:१६

काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताएका छन । उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’ उनले नेपालमा...

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ चैत २० गते १७:३५

काठमाण्डु,२० चैत– देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३...

प्रचण्ड नेतृत्वको सरकारको १०० दिनमा ३७ उपलब्धि सार्वजनिक

२०७९ चैत २० गते १७:२७

काठमाण्डु,२० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गर्दैछ । आज (सोमबार) प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ । प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । जसमा सेवा...

मन्त्रिपरिषद् बैठक जारी

२०७९ चैत २० गते १७:१६

काठमाण्डु,२० चैत– मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । सोमबार अपराह्न ४ बजेदेखि सुरु भएको बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ। यसैगरी सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने पनि बताइएको छ । नेकपा (माओवादी केन्द्र)का...

चितवनमा भदौरे बाढीले ल्याएको लेदो बगेर नारायणी सङ्लिएको छ: गोकुल बास्कोटा

२०७९ चैत २० गते १७:१०

काठमाण्डु,२० चैत– एमाले नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको बताएका छन । आज (सोमबार) चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने पनि उनले बताएका छन । उनले भने, ‘भदौरे बाढीले ल्याएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us