
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताएका छन ।
उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’ उनले नेपालमा सुशासन नरहेको र कुशासन भएको बताएका छन ।
निर्वाचन केन्द्रित सम्पर्क कार्यालय प्रारम्भ गर्ने क्रममा स्वर्णिमले भने, ‘हाम्रो प्रणालीहरु असाध्यै भत्किएका छन् । किनबेच र सेटिङका कुराहरु छन् । सार्वजनिक संस्थानहरुमा क्षयीकरण भएका छन् ।’
उनले प्रणाली भत्किएकाले नेपाल उभो लाग्न कठिन भएको वाग्लेले बताए ।