फेरियो ट्वीटरको लोगो, अब निलो चराको ठाउँमा कुकुर

काठमाण्डु टुडे २०७९ चैत २१ गते ११:०७ मा प्रकाशित

एजेन्सी– सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन ।

यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ भने ट्वीटरको लोगोमा कुकुरको चित्र रहेको छ । मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका छन ।

अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन भएको छ ।

यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिएको छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर रहेको छ ।

हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुद्दा म्यानहटन अदालतमा जारी रहेको छ ।

मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप लागेको छ । ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन ।

मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको बताएका बताएका छन । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए ।

तर त्यसको केहीबेरपछि मस्कले ट्वीट गरेका थिए । ट्वीटरको लोगो परिवर्तन भएसँगै ट्वीटरमा ३म्इन्भ् ह्यासट्याग ट्रेन्डिङ भएको छ । मस्कले एउटा तस्वीर ट्वीट गरेका छन् ।

त्यसमा ट्वीटरकै लोगोमा भएको उक्त कुकुर कारको चालक सिटमा बसेको छ र ट्राफिक पुलिसलाई आफ्नो लाइसेन्स देखाइरहेको छ ।

उक्त लाइसेन्समा ट्वीटरको पूरानो लोगोको रुपमा रहेको निलो चराको फोटो देखिन्छ । त्यसपछि डगीको ट्राफिक पुलिससँग भन्छ ः यो पुरानो तस्वीर हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us