इजरायली आक्रमणमा इरानी सैन्य प्रमुख मारिए

काठमाण्डु टुडे २०८२ जेठ ३० गते १०:११ मा प्रकाशित

एजेन्सी– इजरायली आक्रमणमा इरानी सैनैकि संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) प्रमुख मेजर जनरल हुसेन सलामी मारिएका छन् ।

इजरायलले शुक्रबार बिहान इरानको आणबिक केन्द्रलाई लक्षित गरी हमला गरेको थियो । सलामीलाई इरानी सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले ५ वर्षअघि सेनाको कमाण्डर इनचिफ नियुक्त गरेका थिए ।

इजरायलले आईआरसिजीको मुख्यालमै हमला गरेको त्यहाँको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । आक्रमणममा सलामीसँगै अरू केही उच्च सैनिक अधिकारीसमेत मारिएको समाचारमा जनाइएको छ ।

इजरायलले ६ वटा सैनिक केन्द्र तथा आणविक भट्टीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आत्मरक्षाका लागि इरानमाथि हमला गरिएको प्रतिक्रिया दिएका छन् ।

इरानको परमाणु भट्टी तथा हतियार कारखाना ध्वस्त नपारेसम्म आक्रमण जारी राख्ने चतावनी उनको छ । यसैबीच इजरायलले इरानमाथि गरेको आक्रमणको अमेरिकाले समर्थन गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रूबिओले मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामा आक्रमण भए सह्य नहुने चेतावनी दिएका छन् । यद्यपि इजरायलले इरानमाथि गरेको हमलामा अमेरिकाको संलग्नता नरहेको बताए ।

इरानले यसअघि गत असोजमा इजरायलमाथि मिसाइल र ड्रोन हमला गरेको थियो । त्यसयता दुई देशबीच जारी तनाबका बीच इजरायलले आक्रमण गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us