
काठमाण्डू, ३० जेठ– एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित विजयी भएका छन् ।
बिहीबार राति अबेर सार्वजनिक भएको मतपरिणामअनुसार कडरियाले प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो मतान्तरले पराजित गरेका हुन् ।
कडरियाले ७ सय ३२ र अर्का प्रत्यासी पौडेलले ७ सय २५ मत प्राप्त गरे । १ हजार ५ सय ५१ मतदाता रहेकामा १ हजार ४ सय ५० मत खसेको थियो ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले कडरियालाई सर्वसम्मत अध्यक्ष घोषणा गर्न दबाब दिएका थिए । तर, पौडेल समूहले अस्वीकार गरेपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो ।