
काठमाण्डु,२० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गर्दैछ ।
आज (सोमबार) प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ । प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए ।
जसमा सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषयहरु समावेश भएका छन ।
राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको १०० दिने उपलब्धीमा दाबी गरिएको छ ।
त्यस्तै नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नुलाई पनि सरकारको उपलब्धीमा राखिएको छ ।