
काठमाण्डु,२० चैत– एमाले नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको बताएका छन ।
आज (सोमबार) चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने पनि उनले बताएका छन ।
उनले भने, ‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणीसफा हुँदै आएको छ, सङलिदै आएको छ’ चितवनमा नयाँ पालुवा पलाएको छ ।’
उनले माडीको राम रोज्ने कि कलियुगको कृष्ण रोज्ने चितवनको जनताको हातमा रहेको पनि बताएका छन ।