एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

काठमाण्डु टुडे २०७९ चैत २० गते १४:२४ मा प्रकाशित

काठमाण्डु,२० चैत– नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको एक नेताले जानकारी दिएका छन ।

प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो । ४ मंसिरमा भएको निर्वाचनमा चौधरी दाङ १ बाट निर्वाचित भएका थिए ।

उनी यसअघि कांग्रेस सभापति शोरबाहादुर देउवा सरकारमा सहरी विकास मन्त्री भउका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us