महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

काठमाण्डु टुडे २०७९ चैत २० गते १२:१६ मा प्रकाशित

काठमाण्डु,२० चैत– ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् ।यस्तै आगलागी हुँदा ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले जानकारी दिएका छन । जलेकामध्ये केही इलेक्ट्रिक गाडीहरु पनि रहेको उनले बताउका छन । ती गाडीहरु सर्भिसिङमा ल्याइएका हुनसक्ने अनुमान गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us