पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८० असार १० गते १२:०२

काठमाण्डु, १० असार- पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२३ हर्पनका ४९ वर्षीय देवबहादुर विक रहेका छन।विककोको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको...

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक छैन : रघुजी पन्त

२०८० असार १० गते ११:५३

काठमाण्डु ,१० असार- नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकार आवश्यक नरहेको बताएका छन। आइतबार प्रतिनिधि सभामा बसेको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन् । राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री र मन्त्रिपरिषद्...

आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

२०८० असार १० गते ११:४२

काठमाण्डु, १० असार- आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । देशभरका सम्पूर्ण स्थानीय तहले आर्थिक वर्ष २०८०र८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्नेछ...

पहिराेले जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८० असार १० गते ११:२८

काठमाण्डु, १० असार- निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र...

सर्पको टोकाइबाट तुलसीपुरमा बालिकको मृत्यु

२०८० असार १० गते १०:१९

दाङ, १० असार–दाङको तुलसीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी १३ वर्षीया दिक्षा वलीको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ । वलीलाई शनिबार घरमा सुतिरहेका बेला सर्पले डसेको थियो । वलीलाई राति अबेर मात्र राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो ।...

अर्कैको नाममा ट्रायल दिने सशस्त्र प्रहरी जवान पक्राउ

२०८० असार १० गते ७:५६

बागलुङ, १० असार– अर्कैको नाममा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी जवान रुपन्देही घर भएका गणेश कोहिरी छन् । उनी सशस्त्र प्रहरीकै सहायक हवल्दार पदमा कार्यरत पर्वत कुश्माका विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षा...

बागलुङमा चट्याङ लागेर दिदी–भाइको मृत्यु

२०८० असार १० गते ७:४४

बागलुङ, १० असार– बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी...

बागलुङमा जीप दुर्घटना, एकको घटनास्थलमै मृत्यु

२०८० असार १० गते ७:४०

बागलुङ, १० असार– बागलुङमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा धम्जाका १८ वर्षीय विजय विकको घटनास्थलमै मृत्यु...

आज यी ठाउँमा हुँदैछ भारी वर्षा

२०८० असार १० गते ७:२९

रुकुमपश्चिम, १० असार– आज देशका अधिकांश भ–ूभागमा भारी वर्षातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु तथा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षात हुन लागेको हो । महाशाखाका अनुसार कोशी र मधेश...

सांसद खड्का सवार गाडी दुर्घटना

२०८० असार १० गते ७:२२

रुकुमपश्चिम, १० असार– कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्का सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा खड्का घाइते भएकी छन् । खड्का सवार कर्णाली प्रदेश ०२–००१ झ००४४ नम्बरको गाडी शनिबार चौरजहारी नगरपालिका–३ मा दुर्घटना भएको हो । गाडीमा खड्कासहित सात जना सवार थिए । प्रहरीका...

केरूटोल बाट लाखौँको गहना र नगद चोरी

२०८० असार ९ गते १८:२२

काठमाण्डु, ९ असार- ललितपुरमाको केरूटोल बाट लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ । शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिका९४ केरूटोल डेरा गरी बस्ने धनकुटा बिचबजार घर भएका ४२ वर्षीय मनोज श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब १० लाख रूपैयाँ बराबरको...

कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार गाडी दुर्घटना

२०८० असार ९ गते १८:१०

काठमाण्डु, ९ असार- कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ । दुर्घटनामा परी समितिका सभापति खड्कासहित ७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us