पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार १० गते १२:०२ मा प्रकाशित

काठमाण्डु, १० असार- पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२३ हर्पनका ४९ वर्षीय देवबहादुर विक रहेका छन।विककोको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए । घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उहाँको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो ।

उहाँलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us