
दाङ, १० असार–दाङको तुलसीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी १३ वर्षीया दिक्षा वलीको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ । वलीलाई शनिबार घरमा सुतिरहेका बेला सर्पले डसेको थियो ।
वलीलाई राति अबेर मात्र राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि भेरी अस्पताल नेपालगञ्ज लगिएकामा उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।