आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाण्डु टुडे २०८० असार १० गते ११:४२ मा प्रकाशित

काठमाण्डु, १० असार- आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।

देशभरका सम्पूर्ण स्थानीय तहले आर्थिक वर्ष २०८०र८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्नेछ ।

जसअनुसार असार १० गते स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ ।यसअघि दशवटा स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us