काठमाण्डु, ४ पुस– अर्जेन्टिनाले २२औं विश्वकपको उपाधि जितेको छ । कतारमा जारी विश्वकपको फाइनलमा फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो । विश्वकपमा अर्जेन्टिनाको यो तेस्रो जित हो अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । निर्धारित...
काठमाण्डु,३ पुस– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको...
दोहा, ३ पुस– फिफा विश्वकप–२०२२ मा क्रोएसिया तेस्रो भएको छ । कतारको राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार भएको खेलमा अफ्रिकन टोली मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान पक्का गरेको हो । क्रोएसिया यसअघि सन् २०१८ को विश्वकपमा उपविजेता भएको थियो ।...
काठमाण्डु,१ पुस–कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ । आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको...
काठमाण्डु,१ पुस– कतार फिफा विश्वकपको फाइनल खेल पोल्यान्डका सायमन मार्चिनियाकले खेलाउने भएका छन् । कतारको लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री हुृने भएका छन । मार्चिनियाकले सन् २०१८...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार सेमिफाइनलमा मोरक्कोलाई हराएपछि फ्रान्सका प्रशिक्षक डिडिएर लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्न आफ्नो टिम एक कदम अघि बढ्नुपर्ने बताएका छन् । साविक विजेता फ्रान्सले मोरक्कोविरुद्ध डिफेण्डर थियो हर्नाण्डेजको गोलमार्फत पाँचौं मिनेटमै अग्रता बनाएको थियो । ७९ औं...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ । आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा प्रवेश गरेको छ। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन । आज बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का भएको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै कतारमा जरी विश्वकप फुटबलको...
काठमाण्डु,२८ मंसिर– मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । आज हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ । फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश...
काठमाण्डु,२८ मंसिर– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ आफ्नो अन्तिम विश्वकप भएको बताएका छन । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ । दोस्रो सेमिफाइनल मोरक्को र...
काठमाण्डु,२७ मंसिर– अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन । उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताए । मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको...