विश्वकप जित्न एक कदम अघि बढ: फ्रान्सेली प्रशिक्षक

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते १६:३० मा प्रकाशित

काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार सेमिफाइनलमा मोरक्कोलाई हराएपछि फ्रान्सका प्रशिक्षक डिडिएर लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्न आफ्नो टिम एक कदम अघि बढ्नुपर्ने बताएका छन् ।

साविक विजेता फ्रान्सले मोरक्कोविरुद्ध डिफेण्डर थियो हर्नाण्डेजको गोलमार्फत पाँचौं मिनेटमै अग्रता बनाएको थियो । ७९ औं मिनेटमा सब्स्टिच्युड कोलो मुआनीको गोलसँगै फ्रान्सले पछिल्लो सात संस्करणमा चौथोपल्ट फाइनलमा स्थान बनायो ।

उनले भने, यहाँ भावना छ, गर्व छ । अब एउटा अन्तिम कदम बाँकी छ,’ सन् २०१८ को विश्वकप विजेता प्रशिक्षक डेसच्याम्पले भने, ‘हामी एक महिनादेखि एकसाथ छौं । यो कठिन सफलताका लागि सबै खुसी छौं ।’

आफ्नो टिमलाई लगातार विश्वकपको फाइनलमा पुर्याउने डेसच्याम्प चौथो प्रशिक्षक बनेका छन् । फ्रान्स च्याम्पियन बनेमा लगातार दुई विश्वकप जित्ने ब्राजिलपछि सन् १९२० पहिलो देश बन्नेछ ।

लगातार दोस्रोपल्ट विश्वकपको फाइनल खेल्न पाउनु अविश्वसनीय क्षण हो,’ सेमिफाइनलका गोलकर्ता हर्नाण्डेज भन्छन्, ‘धेरै कठिनाईका बाबजुद हामीले राम्रो खेल्यौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us