काठमाण्डु,३ पुस– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ ।
यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो ।
अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् भने यो पटक अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आफ्नो जिवनको अन्तीम विश्वबप खेल्दै छन ।