खेलकुद

क्रोएसिया अर्जेन्टिनाका लागि टक्करको प्रतिस्पर्धी हो: अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी

२०७९ मंसिर २७ गते १५:०७

काठमाण्डु,२७ मंसिर– अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन । उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताए । मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको...

विश्वकपमा आज देखी नयाँ बल प्रयोग गरिने

२०७९ मंसिर २७ गते ११:५०

काठमाण्डु,२७ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा सेमिफाइनल खेलमा फिफाले विश्वकपमा हाल प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै नयाँ बल प्रयोग गर्ने भएको छ । सेमिफाइनल र फाइनल खेलमा हाल प्रयोग भइरहेको एडिडासको ‘अल रिहला’ मोडललाई ‘अल हिल्म’ मोडलले प्रतिस्थापन गर्ने फिफाले जनाएको छ...

कसले जित्ला गोल्डेन बुट?

२०७९ मंसिर २७ गते १०:५८

काठमाण्डु,२७ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । यो सँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । विश्वकपमा ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये...

विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

२०७९ मंसिर २७ गते १०:५०

काठमाण्डु,२७ मंसिर– कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच हुदैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल...

विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

२०७९ मंसिर २५ गते १६:४६

काठमाण्डु,२५ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । विश्वकपमा ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का हो...

नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिए

२०७९ मंसिर २५ गते १५:५९

काठमाण्डु,२५ मंसिर– कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु । मैले यो पद केही समयको लागि मात्रै सम्हालेको थिएँ, उनले भने ।’उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको...

फ्रान्सले विश्वकपको सेमिफाइनलमा मोरक्कोसँग खेल्ने

२०७९ मंसिर २५ गते १५:२०

काठमाण्डु,२५ मंसिर– कतारमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सको यो सातौ‌ विश्वकपमा सेमिफाइनल प्रवेश हो । २०१८ को विश्वकपको च्याम्पियन पनि रहेको फ्रान्सले अब फाइनल प्रवेशका लागि मोरक्कोसँग सामना गर्नु पर्नेछ। मोरक्को पहिलो अफ्रिकी राष्ट्रको रुपमा...

सुरुवातमै रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन: प्रशिक्षक सान्तोष

२०७९ मंसिर २५ गते १२:४०

काठमाण्डु,२५ मंसिर– पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति भएको खेलमा अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक...

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हारले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ ’

२०७९ मंसिर २५ गते १२:२४

काठमाण्डु,२५ मंसिर– ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि हार लामो समयसम्म याद रहिरहने बताएका छन् । शुक्रबार भएको फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । क्रोएसियाको यो...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

२०७९ मंसिर २५ गते ११:४८

काठमाण्डु,२५ मंसिर– कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो...

विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु

२०७९ मंसिर २३ गते १४:१३

काठमाण्डु,२३ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने...

विश्वकप क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

२०७९ मंसिर २३ गते १२:२०

काठमाण्डु,२३ मंसिर– विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने भएको छ । एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us