विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते ११:४८ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे ।

योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु बाट सुरु हुनेछ ।

यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ । जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ ।

मोरक्को पनि यस विश्वकपमा अपराजित छ । पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले अब साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ ।

यस्तै क्रोएसिया पनि लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्दा अर्जेन्टिनान भने २०१४ पछि सेमिफाइनलमा प्रवेश गरेको हो । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनल पुगे पनि जर्मनीसँग पराजित भएपछि उपविजेता बनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us