नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिए

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १५:५९ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु ।

मैले यो पद केही समयको लागि मात्रै सम्हालेको थिएँ, उनले भने ।’उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षकको रुपमा पद ग्रहण गरेका थिए ।

त्यसयता गालको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्यो ।गाल भन्छन्, ‘मेरो तेस्रो कार्यकालमा नेदरल्यान्ड्सले २० खेल खेल्यो र एक खेल पनि हारेन ।’

अर्जेन्टिनासँगको पेनाल्टीमा हार बेहोरेको बारेमा उनी भन्छन्, ‘मलाई लाग्दैन यो हार हो । हामीमा पेनाल्टीमा चुकेका हौं । यसलाई हार भन्न मिल्दैन ।’उनले जाँदा जाँदै आफूले एक उत्कृष्ट नेदरल्यान्ड्सको टोली निर्मण गरेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us