
काठमाण्डु,२७ मंसिर– अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन ।
उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताए । मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको टिम एकता आफूहरुका लागि ठूलो चुनौती हुने बताएका छन ।
उनले भने, हामीले एक प्रतिस्पर्धात्मक खेलको आशा गरेका छौं । यो खेल राम्रो टिमको विरुद्धमा छ । उनीहरु एक टिम बनेर खेल्छन् । यो हाम्रो लागि एक चुनौती हो,’ उनीहरुसँग एक विशिष्ट खेल शैली छ । उनीहरुले यसलाई बदल्दैनन् । क्रोएसियाको टिम न रक्षात्मक खेल्छ न त आक्रामक ।
उनीहरुसँग यस्ता खेलाडी छन्, जो लामो समयसम्म खेलिरहन सक्छन् ।’ अर्जेन्टिना टिमबाट लियोनल मेस्सीसँगै सन् २००६ को विश्वकप खेलेका स्कालोनीले भने, ‘हामीसँग हाम्रो आफ्नो शैली छ ।
हामी यसलाई बदल्दैनौं । हामीलाई यो राम्रोसँग थाहा छ कि उनीहरुसँग उत्कृष्ट खेलाडीहरु छन् । जसले हामीलाई हराउन सक्ने क्षमता राख्छन् ।’ अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज भने थिएन । पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले त्यसपछिका दुई खेल जितेर समूह विजेता बन्यो ।
अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ ले हराएपछि क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेको थियो । दुई पटक विश्वकप विजेता टिम अर्जेन्टिना सकेसम्म नियमित समयमै खेल सक्ने कोशिसमा रहेको छ । बलियो विपक्षी क्रोएसिया खेललाई लम्बाएर पेनाल्टीमार्फत जित निकाल्न माहिर टिम हो ।
हामीलाई ९एमिलियानो० मार्टिनेजमाथि पूर्ण विश्वास छ । हामीसँग राम्रो गोलकिपर भए पनि हामी शान्त भने बस्ने छैनौं,’ अर्जेन्टनी टिमका डिफेण्डर निकोलास ट्याग्लियाफिकोले भने, ‘हामी पेनाल्टीमा सुटआउटको अभ्यास गर्न सक्छौं तर हजारौं दर्शकको भावना पनि हामीसँग जोडिएको हुन्छ ।’
यी दुई टोलीले यसअघि पाँच पटक एक अर्कासँग खेलेका छन् जसमा दुवै टोलीले दुई–दुई पटक जित हात पारेका छन् । एउटा खेल भने बराबरीमा सकिएको थियो । मेस्सीले हामीलाई प्रेरणा दिन्छन्, हामी उनलाई प्रेरित गर्छौ । हामी वास्तवमा भाग्यशाली छौं कि हामीसँग मेस्सीजस्ता कप्तान छन्,’ डिफेण्डर भने ।