खेलकुद

पीएनजी विरुद्ध नेपालले पायो १८० रनको लक्ष्य

२०७९ फागुन १९ गते १५:२९

काठमाण्डु,१९ फागुन– पपुवा न्युगिनी (पीएनजी)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालाई १८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाउन सफल भएको थियो । पीएनजीका...

रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध

२०७९ फागुन १९ गते १४:०५

एजेन्सी– बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको जनाइएको छ । उनको सफल ट्रायलपछि बार्सिलोनाले अनुबन्ध गर्ने निर्णय गरेको हो । मेन्डिसले...

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपमा

२०७९ फागुन १८ गते १८:०७

काठमाण्डु,१८ फागुन– नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल अर्को वर्ष सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।...

नेपालले टस जितेर फिल्डिङ रोज्यो

२०७९ फागुन १८ गते १२:२२

काठमाण्डु,१८ फागुन– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले घरेलु टिमसँग टस जितेर फिल्डिङ रोजेको छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।यो सँगै नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ...

सन्दीप लामिछाने लिग टु खेल्न दुबई गए

२०७९ फागुन १७ गते १७:२३

काठमाण्डु, १७ फागुन– सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्सको दुबई गएका छन । उनले अब नेपाली टिममा श्याम ढकाल को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले...

इटलीका अल्बर्टो एनेस नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त

२०७९ फागुन १७ गते १७:१७

काठमाण्डु, १७ फागुन– नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन । अखिल नेपाल फुटबल संघ एन्फाको आज बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य...

मलेसियामाथि नेपालको १० विकेटको शानदार जित

२०७९ फागुन १६ गते १४:४९

काठमाण्डु,१६ फागुन– नेपालेले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा मलेसियामाथि शानदार जित निकालेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो । जम्मा ७३ रनको लक्ष्य पाएको नेपालले ९ ओभरमा पूरा गरेको हो ।...

मेसीले पाए सर्वश्रेष्ठ खेलाडीको उपाधि

२०७९ फागुन १६ गते ८:३४

काठमाण्डु, १६ फागुन–फुटबलर लियोनल मेसीले पुरुषतर्फ फिफाको सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् । फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई उछिन्दै ३५ वर्षीय मेसीले उपाधि जितेका हुन् । मेसीले उपाधि जितेको यो दोश्रोपटक हो । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलस भएकी छन्...

केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

२०७९ फागुन १५ गते १८:२७

काठमाण्डु,१५ फागुन– आयोजकको टिम केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको खेलमा केपी ओली फुटबल क्लबलाई मछिन्द्र फुटबल क्लबले १– ० ले हराएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको दोस्रो...

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

२०७९ फागुन १५ गते १६:३४

काठमाण्डु,१५ फागुन– नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा आज सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२।१ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।नेपालका लागि ओपनर...

अल्मेरियासँग बार्सिलोना पराजित

२०७९ फागुन १५ गते ११:३४

एजेन्सी– स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको क्याटलान क्लब बार्सिलोना अल्मेरियासँग पराजित भएको छ । गएराति राति अल्मेरियाको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा अल्मेरियाका इएल विलाल टोउरेले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको...

केपी ओली कपको खेल बीचमै रोकियो

२०७९ फागुन १४ गते १७:१९

काठमाण्डु,१४ फागुन– केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा तथा मेघ गर्जनका कारण बीचमै रोकिएको छ । आज (आइतबार) त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे खेलाउने गरि रोकिएको छ । खेलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us