मेसीले पाए सर्वश्रेष्ठ खेलाडीको उपाधि

काठमाण्डु टुडे २०७९ फागुन १६ गते ८:३४ मा प्रकाशित

काठमाण्डु, १६ फागुन–फुटबलर लियोनल मेसीले पुरुषतर्फ फिफाको सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् ।

फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई उछिन्दै ३५ वर्षीय मेसीले उपाधि जितेका हुन् । मेसीले उपाधि जितेको यो दोश्रोपटक हो । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलस भएकी छन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप–२०२२ को उपाधि जितेको थियो ।

उपाधि जितेपछि मेसीले आफू धेरै भाग्यशाली भएको प्रतिक्रिया दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us