नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १२:२२ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले घरेलु टिमसँग टस जितेर फिल्डिङ रोजेको छ ।

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।यो सँगै नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us