पीएनजी विरुद्ध नेपालले पायो १८० रनको लक्ष्य

काठमाण्डु टुडे २०७९ फागुन १९ गते १५:२९ मा प्रकाशित

काठमाण्डु,१९ फागुन– पपुवा न्युगिनी (पीएनजी)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालाई १८० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाउन सफल भएको थियो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरेका छन ।

त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिएका छन । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिएका छन ।

सिरिजमा एक जित र एक हार ब्यहोर्यको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । नेपालले एकदिवसीय मान्यता जोगाउनेसँगै विश्वकप छनोटमा पुग्ने दुवै दबाब रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us