यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपमा

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १८:०७ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल अर्को वर्ष सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सफल भएको थियो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us