सन्दीप लामिछाने लिग टु खेल्न दुबई गए

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १७:२३ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्सको दुबई गएका छन ।

उनले अब नेपाली टिममा श्याम ढकाल को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने भएको थियो ।

सो अनुसानै उनी आज बुधबार दिउँसो ३ बजे युएई गएका हुन् । क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको पनि जानकारी दिएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ का कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको जानकारी दिएका छन । उनले टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us