खेलकुद

पारस खड्का बागमती क्रिकेट संघको अध्यक्षमा निर्वाचित

२०८० भदौ १५ गते १८:५७

काठमाण्डु, १५ भदौ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन् । नयाँ कार्यसमिचि चयनका लागि शुक्रबार भएको निर्वाचनमा खड्का २३ मतसहित विजयी भएका हुन् । खड्काका प्रत्यासी उमेश पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा...

पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

२०८० भदौ १३ गते १६:५८

काठमाण्डु, १३ भदौ– एसिया कप–२०२३ अन्तर्गत पाकिस्तानविरूद्ध उसको घरेलु मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । १० ओभरको समाप्तीमा राम्रो प्रदर्शन गर्न सक्दा पिचमा नेपाली खेलाडी उत्साहित देखिएका छन् । पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ । नेपालका...

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

२०८० भदौ १३ गते १५:५२

काठमाण्डु, १३ भदौ– पाकिस्तानको मुल्तानमा जारी एसिया कप– २०२३ अन्तर्गत नेपालले पाकिस्तानसँग खेलिरहेको छ । नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका छन । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिएका हुन् । पाकिस्तानले जम्मा...

पाकिस्तानविरुद्धको खेलमा सोमपालले गरे मेडन ओभर

२०८० भदौ १३ गते १५:४७

काठमाण्डु, १३ भदौ– पाकिस्तानको मुल्तानमा सुरु एसिया कप– २०२३ अन्तर्गत नेपालले पाकिस्तानसँग खेलिरहेको छ । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ । खेलको तेस्रो ओभरमा नेपालका सोमपाल कामीले ‘मेडन ओभर’ गरेका छन् । पाकिस्तानका फखर जमानले कामीविरुद्ध ९ रन खर्चिँदा कुनै...

यस्तो छ पाकिस्तानविरूद्ध नेपालको प्लेइङ–११

२०८० भदौ १३ गते १५:३४

काठमाण्डु, १३ भदौ– एसिया कप–२०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानविरूद्ध पहिले बलिङ गरेको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । खेल नेपाली समयअनुसार सवा तीन बजे मुल्तान मैदानमा सुरु भएको छ । नेपाली टिममा कप्तान रोहित पौडेल आसिफ...

एसिया कप खेल्न पाकिस्तान पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए शुभकामना

२०८० भदौ १३ गते ११:२९

काठमाण्डु, १३ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेट खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जितको शुभकामना दिएका छन् । पाकिस्तानमा रहेको नेपाली टिमका सदस्यहरुसँग बुधबार बिहान भर्चुअल बैठक गरेका उनले जितको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतियोगितामा नेपालले...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

२०८० भदौ ९ गते १७:१८

काठमाण्डु, ९ भदौ– नेपालले महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हत्याएको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको...

टी-२० सिरिजमा नेपाली महिला टिमको जित

२०८० भदौ ५ गते १५:११

काठमाण्डु, ५ भदौ- चार दिवशीय टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ । मलेसियामा मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका...

फुटबलर विमल घर्तीमगरले गरे सुटुक्क विवाह

२०८० भदौ ३ गते १७:५८

काठमाण्डु, ३ भदौ– राष्ट्रिय फुटबल टिमका सदस्य विमल घर्तीमगर वैवाहिक सम्बन्धमा बाँधिएका छन् । मगरले प्रेमिका लिना प्रधानसँग खुसुक्क प्रेम विवाह गरेका हुन् । उनले काठमाण्डुको भ्रकाली मन्दिरमा विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् । विवाहमा दुवैतर्फका सीमित पारिवारिक सदस्य सहभागी थिए । विमल...

एसिया कप खेल्न रोहितको कप्तानीमा १७ सदस्यीय टोली घोषणा

२०८० साउन २९ गते १७:२७

काठमाण्डु, २९ साउन– नेपाल क्रिकेट संघले एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ।  घोषित टोलीमा आशिफ शेख विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी,...

ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा

२०८० साउन १९ गते १५:०८

काठमाण्डु, १९ साउन-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले...

युएईमाथि नेपालकाे ३ विकेटकाे जित

२०८० साउन ३ गते १६:०६

काठमाण्डु ,३ साउन- एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ । नेपालले युएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्यो । नेपालको जितमा कुशल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us