एसिया कप खेल्न रोहितको कप्तानीमा १७ सदस्यीय टोली घोषणा

काठमाण्डु टुडे २०८० साउन २९ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, २९ साउन– नेपाल क्रिकेट संघले एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ।

 घोषित टोलीमा आशिफ शेख विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन ।

एसिया कप क्रिकेटका १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालसहित ६ वटा राष्ट्र सहभागी हुने भएका छन । एसियाका टेस्ट खेल्ने राष्ट्रहरु पनि एसिया कपमा सहभागी हुने भएका छन ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा दुई बलिया टोली भारत र पाकिस्तान पनि छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन ।

प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र पाकिस्तानबीच हुनेछ । उक्त खेल मुल्तानमा खेलिने छ । यसैगरी नेपालले दोस्रो खेल सेप्टेम्बर ४ तारिखमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ । नेपलले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us