नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाण्डु टुडे २०८० भदौ १३ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– पाकिस्तानको मुल्तानमा जारी एसिया कप– २०२३ अन्तर्गत नेपालले पाकिस्तानसँग खेलिरहेको छ ।

नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका छन ।

पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिएका हुन् । पाकिस्तानले जम्मा २१ रन मात्र जोडेको छ ।

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ । खेलको तेस्रो ओभरमा नेपालका सोमपाल कामीले ‘मेडन ओभर’ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us