युएईमाथि नेपालकाे ३ विकेटकाे जित

काठमाण्डु टुडे २०८० साउन ३ गते १६:०६ मा प्रकाशित

काठमाण्डु ,३ साउन- एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ ।

नेपालले युएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे।

अर्का ओपनर अर्जन साउद भने डकआउट भएका थिए। नेपालका लागि देव खनाल र सन्दीप जोराले २४-२४ रन जोडे। कप्तान रोहित पौडेल ९ रन, गुल्सन झा ११ रन र पवन सर्राफ शून्यमा आउट भए।

प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे। बलिङमा युएईका फराजुद्दिनले ५ विकेट लिए।त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको थीयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us