यस्तो छ पाकिस्तानविरूद्ध नेपालको प्लेइङ–११

काठमाण्डु टुडे २०८० भदौ १३ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– एसिया कप–२०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानविरूद्ध पहिले बलिङ गरेको छ ।

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।

खेल नेपाली समयअनुसार सवा तीन बजे मुल्तान मैदानमा सुरु भएको छ । नेपाली टिममा कप्तान रोहित पौडेल आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी छन् ।

यस्तै पाकिस्तानबाट कप्तान बाबर अजाम, उपकप्तान शादाब खान, फखर जमान, इमाम–उल–हक, सलमान अली आगा, इफ्तिखर अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, हरिस रउफ, नसीम शाह र शाहीन अफ्रिदी छन् ।

नेपाली टिमका कप्तान पौडेलको पाकिस्तानविरुद्ध निडर रुपमा प्रस्तुत हुने प्रक्रिक्रिया दिएका छन् । प्रतियोगिताका लागि नेपालले एक साता कराँचीमा तयारी गरेको थियो ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र नेपाल गरी ६ टिम सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us