खेलकुद

ड्रोग्बा चेल्सी फर्किए

२०७१ साउन १० गते २:२१

काठमाण्डु, १० साउन – भेट्रान स्ट्राइकर डिडिए ड्रोग्बा चेल्सीमा फर्किएका छन् । गालाटासरे छाडेयता क्लबविहीन रहेका आइभरीकोष्टका ड्रोग्बा एक वर्षका लागि चेल्सी फर्किएका हुन् । २०१२ को च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिखविरुद्ध पेनाल्टीमा विजयी गोल गरेपछि उनले चेल्सी छाडेका थिए । ड्रोग्बाले भनेका छन्–यो मेरो...

फिफाका उत्कृष्ट ११ खेलाडी

२०७१ साउन ८ गते ११:२८

काठमाण्डु, ८ साउन – ब्राजिलमा सम्पन्न विश्वकप फुटवलको प्रदर्शनको आधारमा छनोट गरिएको उत्कृष्ट ११ खेलाडीमा जर्मनी र ब्राजिलका ४/४ परेका छन् । त्यसैगरी अर्जेन्टिनाका २ र कोलम्बियाका १ छानिएका छन् । विश्व फुटवल महासंघ फिफाको वेवसाइट फिफा डटकमका क्लब सदस्यहरुले जुन महिनाको २७ देखि...

राष्ट्रमण्डल खेल सुरु

२०७१ साउन ७ गते ६:२३

काठमाण्डु, ७ साउन – २० औं राष्ट्रमण्डल खेल बुधबार स्कटल्याण्डको ग्लास्गोमा सुरु भएकाे छ । प्रतियोगिताको औपचारिक उद्घाटन  बेलायती महारानी एलिजाबेथ द्वितियाले गरेकीछिन् । अगस्ट ३ तारिखसम्म चल्ने प्रतियोगितामा ७१ देशका ४ हजार ५ सय खेलाडीले ८१ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन...

नेपालको यु–१६ टोली आज स्वदेश फर्कंदै

२०७१ साउन ५ गते ४:३९

काठमाण्डु, ५ साउन – अभ्यास खेलका लागि दक्षिण कोरिया गएको नेपालको १६ वर्ष मुनिको फुटबल टोली आज स्वदेश फर्कंदैछ । आगामी महिना हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसीप तयारीका लागि टोली अभ्यास खेल खेल्न गत असार २३ गते कोरिया गएको थियो । नेपाली टिमले...

एन्फा विवाद संसदमा पुग्यो

२०७१ साउन ४ गते १४:५३

काठमाण्डु, ४ साउन– व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षो लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो । खेलाडीको वृत्ति...

क्रिकेट प्रशिक्षक दसानायेके नआउने संकेत

२०७१ साउन ४ गते २:३२

काठमाण्डु, ४ साउन –राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दसानायकेले आफ्नो करार अवधि एक वर्ष थप भएपनि नेपाल फर्कने रनफर्कने बारे आफू अन्यौलमा रहेको बताएका छन् । दि काठमाडौं पोष्टसंग कुरा गर्दै दसानायकेले नेपाल फर्कनेबारे कुनै निर्णय गरि नसकेको बताए । सरकारले करार अवधि एक...

नेपालको यु–१६ टोली कोरियालाई गोलरहित बराबरीमा रोक्न सफल

२०७१ साउन ३ गते १४:०१

दक्षिण कोरिया– नेपालको अन्डर–१६ टोलीले मैत्रीपूर्ण खेलमा कोरियालाई गोलरहित बराबरीमा रोकेको छ । दक्षिण कोरियाको फाजु एनएफसीको खेल मैदानमा शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले कोरियालाई बराबरीमा रोकेको हो । सेम्टेम्बरमा थाइल्यान्डमा हुने एएफसी अन्डर– १६ च्याम्पियनसिप तयारीका क्रममा अभ्यासका लागि नेपाली...

नाइजेरियाको फुटबलमाथिको प्रतिबन्ध हट्यो

२०७१ साउन ३ गते ३:४७

काठमाण्डु,३ साउन – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नाइजेरियामाथि लगाएको प्रतिबन्ध हटाएको छ । नाइजेरिया फुटबल संघलाई विघटन गर्दै अदालतले संघको नयाँ चुनाव गर्न दिएको निर्देशन अनुसार संघमा नयाँ पदाधिकारी चयन भएपछि फिफाले त्यसलाई गैरकानुनी भन्दै प्रतिबन्ध लगाएको थियो । फिफाको प्रतिबन्धपछि नाइजेरिया सरकारले पुरानै...

सरकारद्वारा पुबुदुको करार अवधि एक वर्ष थप

२०७१ साउन २ गते ६:२५

काठमाण्डु, २ साउन – सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रवार विहान बसेको मन्त्रिपरिषदको बैठकले प्रशिक्षक पुबुदुको करार अबधि एक वर्ष थप गर्ने निर्णय गरेको हो । यसअघि नेपाल क्रिकेट...

फिफा बरियतामा जर्मनी पहिलो , नेपाल १६४ औं

२०७१ साउन १ गते ११:०५

काठमाण्डु, १ साउन – हालै सम्पन्न विश्वकप फुटबल विजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा उक्लिएको छ । फिफाले बुधबार गरेको नयाँ वरियता अनुसार जर्मनी पहिलो स्थानमा उक्लिएको हो भने यसअघि शीर्ष स्थानमा रहेको स्पेन सात स्थान तल झर्दै आठौ स्थानमा आइपुगेको छ। विश्वकपमा खराब...

भारत र इंङल्याण्डबीचको टेष्ट आजदेखि

२०७१ साउन १ गते ४:१७

काठमाण्डु,१ साउन – आजबाट भारत र इंङल्याण्डबीचको दोस्रो इन्भेष्टर टेष्ट क्रिकेट प्रतियोगिता आजबाट सुरु हँदै छ । लर्डस्मा सुरु हुने प्रतियोगितामा भारत महेन्द्र सिंह धोनीको कप्तानीमा रहँदा इङल्याड एलिष्टर कुकको कप्तानीमा रहने छ । पाँच टेष्ट क्रिकेटको शृङ्खला खेल्न भारत इङल्याण्ड पुगेको हो । पहिलो...

विश्वविजेता जर्मन टोलीको बर्लिनमा भव्य स्वागत

२०७१ असार ३१ गते १४:४४

काठमाण्डु, ३१ असार–  विश्वकप विजेता जर्मन टोलीको जर्मनीको राजधानी बर्लिनमा भव्य स्वागत भएको छ । ब्राजिलमा भएको विश्वकप जितेर मंगलबार स्थानीय समय अनुसार बिहान बर्लिनमा पुगेका खेलाडीलाई हजारौं नागरिकले भव्य स्वागत गरेका छन । विमानबाट उत्रेपछि उनीहरुलाई  ट्रकमा राखेर शहर परिक्रमा गराइएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us