मेस्सीको ह्याट्रिकसँगै बार्सिलोना दोश्रो स्थानमा

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते ४:५५ मा प्रकाशित

Lionel Messiएजेन्सी– लिओनल मेस्सीको ह्याट्रिकसँगै स्पेनिस क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोश्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा स्पानियोललाई ५–१ गोल अन्तरले हराउँदै बार्सा  अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।  बार्साले १४ खेलबाट ३४ अंक बटुलेको छ ।

लिग लिडर रियल मड्रिडको समान खेलबाट ३६ अंक छ ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा खेलको १३ औं मिनेटमा सर्जिओ गासीको गोलबाट स्पानियोलले अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्योए । पहिलो हाफ १–१ को बराबरी खेलेको स्पानियोलले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।

खेलको ५० औं मिनेटमा लुइस स्वारेजको पासमा मेस्सीले नै दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि नै पिकेले गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए । यस्तै खेलको ७७ औं मिनेटमा पेड्रोले अर्को गोल थपे ।

खेलको ८१ औं मिनेटमा पेड्रोको पासमा गोल ह्याट्रिक गोल गर्दै मेस्सीले टिमलाई ५–१ को जित दिलाए ।  ह्याट्रिकसँगै ला लिगामा मेस्सीको गोल संख्या २ सय ५६ पुगेको छ । यसअघि रोनाल्डोले ला लिगामा २ सय गोल गरेर ह्याट्रिकको रेकर्ड कायम गरेका थिए । रोनाल्डोभन्दा मेस्सीको २ गोल मात्र कम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us