
एजेन्सी–फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीले २० बर्षे फुटबल जीवनबाट सन्यास लिएका छन् । हेनरी आर्सनलका पूर्व स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता समेत हुन् । हेनरीले बार्सिलोना, युभेन्टस, मोनाको जस्ता क्लबबाट पनि खेलेका थिए ।
उनले प्रिमियर लिगमा १७५ गोल गरेका छन्, जुन चौथो सर्वाधिक गोल पनि हो । सन् १९९९ देखि चर्चित क्लब आर्सनलबाट खेलेका उनले दुई पटक प्रमियर लिग र तीन पटक एफए कपको उपाधि जितेका थिए । त्यस्तै २००९ मा आर्सनलबाट खेल्दै च्याम्पियन्स लिगको उपाधि समेत हात पारेका थिए ।
हेनरीले सन् १९९८ मा १७ वर्षको उमेरमा मोनाकोबाट डेब्यू गरेका थिए । सन्यासका क्रममा उनलेले आफ्नो खेल जीवन अविश्मरणीय यात्रा रहेको बताए ।