एमाओवादी नेता बोगटीको नाममा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– एकीकृत माओवादीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृतिमा अन्तर्राष्ट्रिय स्तरको कराँते र किक बक्सिङ posta bahadur bogariप्रतियोगिता हुने भएको छ ।

कठमाण्डुको गोंगबुमा रहेको ‘कराँते र किक बक्सिङ कम्ब्याट मार्सल आर्ट क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

आगामी पुस ४ र ५ गते नयाँबजारस्थित मार्सल आर्ट हलमा हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, जापानका गरी एक सय ५० खेलाडीले भाग लिने क्लबका प्रमुख प्रशिक्षक रणबहादुर बोगटीले जानकारी दिए ।

‘प्रथम पोष्टबहादुर स्मृति कप अन्तर्राष्ट्रिय कराँते/किक बक्सिङ प्रतियोगिता’ नाम दिइएको उक्त प्रतियोगितामा २१ वर्ष मुनिका खेलाडी सहभागी हुने बोगटीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us