खेलकुद

विमलको गोलले एण्डरलेक्ट जित्यो

२०७१ साउन २५ गते १०:१८

काठमाण्डु, २५ साउन – नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरको गोलमा बेल्जीयमको फुटबल क्लब एण्डरलेक्ट एकेडेमीले जित हात पारेको छ । आइतबार भएको खेलमा एण्डरलेक्टले गाइनोडविरुद्ध २–० ले जितेको थियो । विमल एण्डरलेक्ट एकेडेमीमा एक बर्षका लागि अनुबन्धित भएका छन् । एण्डरलेक्टको जितमा विमलसँगै विड...

चौथो टेष्टमा भारतको लज्जास्पद हार

२०७१ साउन २५ गते ९:०६

काठमाण्डु, साउन २५ – इंगल्याण्ड विरुद्धको चौथो टेष्टमा भारतले लज्जास्पद हार बेहोरेको छ । म्यानचेष्टरमा भएको चौथो टेष्टमा पाहुना टोली भारत एक इनिङ र ५४ रनले पराजित भएको हो । भारत १ सय ५२ रनमा समेटिएपछि पहिलो इनिङका लागि व्याटिङ थालेको इंगल्याण्डले ३ सय...

एसिसी प्रिमियरका लागि १४ खेलाडी छनोट

२०७१ साउन २३ गते १२:३४

काठमाण्डु, २३ साउन– मलेसियामा साउन २९ गते शुरु हुने १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले १४ जना खेलाडी छनोट गरेको छ । सुमित महर्जनको कप्तान र आशिफ शेख उप–कप्तान रहेको टोलीका सदस्यहरुमा प्रनित थापा, सुशान्त सिंह थापा, पवन शरार्फ, जितेन्द्र...

अण्डर–१६ का लागि कोको छानिए खेलाडी ?

२०७१ साउन २१ गते ७:२६

काठमाण्डु, २१  साउन– नेपाल क्रिकेट संघ ‘क्यान’ ले साउन अन्तिम साता मलेसियामा हुने यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताक लागि १८ खेलाडी छनौट गरेको छ । पहिलो चरणमा बन्द प्रशिक्षणमा रहेका २७ जनाबाट १८ जना खेलाडी छानिएको क्यानले जनाएको छ । क्यान सदस्य रञ्जित तामाङले...

४ क्लवलाई एक वर्षको प्रतिबन्ध लगाउने एन्फाको चेतावनी

२०७१ साउन २० गते १२:२४

काठमाण्डु, २० साउन–  अखिल नेपाल फुटबल संघ एन्फाले चार वटा ए डिभिजन क्लवहरु मच्छिन्द्र, फ्रेण्ड्स, हिमालयन शेर्पा र सरस्वती क्लवलाई एक वर्ष प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । एन्फाको कार्यकारिणी समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजिन पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष गणेश थापाले यी चार...

राष्ट्रिय यु–१२ टोली कोरिया प्रस्थान

२०७१ साउन २० गते १०:४७

काठमाण्डु , २० साउन – बाह्र वर्षमुनि (यु–१२) का राष्ट्रिय फुटबल टोली दक्षिण कोरियामा सञ्चालन हुने दोस्रो एसियन युथ फेस्टिबलमा सहभागी हुन लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

मौसमका कारण क्रिकेटको तयारी प्रभावित

२०७१ साउन १८ गते १२:५७

काठमाण्डु, १८ साउन–  खराब मौसम र व्यवस्थापकीय कमजोरीका कारण नेपाली  क्रिकेट टोलीले राम्रोसंग तयारी गर्न सकेको छैन । एशियाली खेलकुद प्रतियोगिता एशियाडका लागि १९ जनाको प्रारम्भिक टोलीको घोषणा गरेपनि मौसममा आएको खराबीका कारण आफूहरु मैदानमा जान नपाएको क्रिकेटरहरुले बताएका छन् । नेपाल क्रिकेट संघले...

बेल्जियममा पनि चम्किए विमल घर्तीमगर

२०७१ साउन १७ गते २:४२

काठमाण्डु, १७ साउन–नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरले बेल्जियमको एन्डरलेच्ट क्लवका एकेडेमीमा सशक्त उपस्थिति देखाएका छन् । बेल्जियमको पहिलो डिभिजनमा क्लब एन्डरलेच्टको यु–१७ टोलीका लागि शुक्रबार उनले दुई गोल गरे । हुसगास्ट्रेनका यु–१९ टोलीसँग भएको मैत्रीपूर्ण खेलमा एन्डरलेच्टका किशोर टोली २–१ गोलले विजयी...

किन मिले युवराज लामा र खेलकुदमन्त्री ?

२०७१ साउन १६ गते ४:२९

काठमाण्डु, १६ साउन– राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयबीचको विवाद अन्त्य भएको छ । यसअघि बुधबारमात्रै सदस्य सचिव लामा र युवा तथा खेलकुदमन्त्री पूरुषोत्तम पौडेलबीच मन्त्रालयमा भेटघाट भएको थियो । राष्ट्रिय खेलकुद परिषद्मा पत्रकार सम्मेलन गर्दै लामाले भेटघाटमा मिलेर अघि बढ्ने सहमति भएको बताए...

तेस्रो टेस्टमा इंग्ल्याण्डसँग भारत पराजित

२०७१ साउन १५ गते १३:०६

काठमाण्डु , १५ साउन – भारत विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड विशाल अन्तरले विजयी भएको छ । भारतलाई २ सय ६६ रनले हराउँदै इंग्ल्याण्डले पाँच टेष्टको श्रृङ्खला १–१ को बराबरीमा पुर्‍याएको छ । इंग्ल्याण्डले दिएको ४ सय ४५ रनको लक्ष्य पछ्याएको भारत १ सय...

भाइरसका कारण फुटबलमा रोक

२०७१ साउन १४ गते ६:५८

काठमाण्डु, १४ साउन – अफ्रिकी मुलुक लाइबेरियाले घातक इबोला भाइरसको महामारी फैलिएपछि फूटबलसंग सम्बन्धित सबैखाले गतिविधिमा रोक लगाएको छ । भाइरस फैलिनबाट रोक्ने प्रयास स्वरुप फुटबलसंग सम्बन्धित गतिविधिमा रोक लगाइएको त्यहाँको फूटबल संघले जनाएको छ । फुटबलमा एक व्यक्ति अर्कोको सम्पर्कमा आउने र उनीहरुमा...

पुबुदु नेपाल फर्कने तयारीमा

२०७१ साउन १२ गते १४:४१

काठमाण्डु, १२ साउन– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायके नेपाल फर्कने भएका छन् । पुबुदु अगस्ट तेश्रो साता नेपाल आउने मनस्थितिमा छन् । पुवुदुलाई युवा तथा खेलकुद मन्त्रालयले नेपाल फर्कन केही साताअघि पत्राचार गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक अभाव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us