नेपाल शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७१ पुष ६ गते ७:१६ मा प्रकाशित

काठमाण्डु, ६ पुस–नेपाली महिला भलिबल टोलि प्रथम दक्षिण यसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ ।

vollyball_20141221091031
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी प्रतियोगतामा शनिबार नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको छ । जितसँगै नेपालले ६ अंक जोडेको छ ।
टोलिकी कान्छि खेलाडि प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनका नेपालले बंगलादेशलाई २५–११, २५–९, २५–१० को सेटमा स्तब्ध बनाएको थियो ।
पहिलो खेलमा शुक्रबार नेपालले मालदिभ्सलाई पराजित गरेको थियो ।  प्रतियोगितामा नेपाल सहित भारत,मालदिभ्स, बंगलादेश, र श्रीलंका सहभागि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us