दोस्रो टेस्टः अस्ट्रेलिया भारतभन्दा एक सय ८७ रन पछि

काठमाण्डु टुडे २०७१ पुष ३ गते ९:५२ मा प्रकाशित

एजेन्सी– भारत– अस्ट्रेलियाका बिच खेलिदै गरेको दोस्रो टेस्ट म्याचको दोस्रो दिन अस्ट्रेलियालाई भारतले दिएको चार सय आठ रनको चुनौतीको जबाफमा चार बिकेट गुमाउदै अस्ट्रेलियाले दुई सय २१ रन बनाएको छ ।

141217095856_murli_vijay_brisbane_cricket_624x351_epa
ब्रिस्बेनमा नराम्रो प्रकाशका कारण दोस्रो दिनको खेल समय भन्दा पहिला नै अन्त्य गर्नु परेको थियो । भारतका तर्फबाट उमेश यादवले तीन विकेट खसाले भने अश्विनले एक विकेट खसाल्न सफल भएका थिए । अस्ट्रेलिया अहिले भारत भन्दा एक सय ८७ रन पछि छ ।
पछिलो टेस्ट म्याचका क्रममा दुबै पारीमा शतक लगाउने क्रिस रोजर्स ५५ रन बनाएर आउट भए । यस पारीमा दोस्रो अर्ध शतक बनाउने स्टिवन स्मिथ ६५ रन बनाएर क्रिजमा टिकी रहेका छन् ।
दोस्रो दिनको खेल शुरु हुनासाथ भारतले चार बिकेटमा तीन सय ११ रन भन्दा अघि खेल्न शुरु गर्‍यो। तर दोस्रो दिनको खेलमा उस बाकी छ ब्याट्स्सम्यानले केबल ९७ रनमात्र जोड्न सके ।

141218082023_steven_smith_australia_batsman_624x351_ap
अस्ट्रेलियाका अघि मुख्य चुनौती दिनेमा मुरली विजयको महत्वपूर्ण योगदान रह्यो । उनले शानदार एक सय १४४ रन बनाएका थिए । अस्ट्रेलियाको तर्फबाट जोश हैजेलवुडले ६८ रन दिएर सर्वाधिक पाँच बिकेट लिएका थिए ।
यस भन्दा अघि बुधबार भारतीय कप्तान महेन्द्र सिंह धोनीले ट्स जीतेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । एडिलेडमा खेलिएको पहिलो टेस्ट मैचमा एक रनले सतक बनाउन चुकेका मुरली विजयले दोस्रो म्याचमा दुईबटा जिवनदान पाए ।
विजयले हानेको बललाई शौन मार्शले दुई पटक क्याच छोप्नुको सट्टा हातबाट छुटाए । भारतको तर्फबाट धवन २४, विराट कोहली १९ र चेतेश्वर पुजारा १८ रन बनाएर आउट भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us