खेलकुद

एएफसीद्वारा एन्फालाई २ हजार डलर जरिवाना

२०७१ मंसिर २० गते ९:२५

काठमाण्डु, २० मंसिर–  एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना तोकेको छ । एएफसीले उक्त रकम एक महिनाभित्र बुझाइसक्न निर्देशनात्मक पत्र लेखेको छ । जरिवानासँगै  एएफसी यू– १६ च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तान र कोरियाविरुद्ध गरेको दुर्इ गोलसमेत...

ढुंगाले किचेर फुटबलरको हत्या

२०७१ मंसिर १९ गते ५:४६

एजेन्सी- ढुंगा लागेर गम्भीर घाइते भएका अर्जेन्टिनी फुटबल खेलाडी ३३ वर्षीय फ्राङको निएटोको मृत्यु भएको छ । क्षेत्रीय क्लब टिरो फेडलरका कप्तानसमेत रहेका उनीमाथि उत्तर पश्चिम अर्जेन्टिनाको एमोगास्टामा चकारिट जुनियरविरुद्धको खेलको समाप्तिसँगै सांघातिक आक्रमण भएको थियो । खेलका क्रममा खेलाडीहरुबीच मैदानमा भिडन्त भएपछि रेफ्रीले...

नेपाल एएफसी यू– २३ च्याम्पियनसिपको समूह ‘सी’ मा

२०७१ मंसिर १८ गते १६:२२

काठमाण्डु, १८ मंसिर– एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यू– २३ च्याम्पियनसिप छनोट खेलको समूह विभाजन गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘सी’ मा परेको छ। समूह ‘सी’ को छनोट खेल आगामी मार्च २३ देखि ३१...

विमला तामाङलाई काँगेसको ५ लाख

२०७१ मंसिर १५ गते १६:३५

काठमाण्डु, १५ मंसिर– दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुद ‘एसियाड’ मा नेपाललाई एक मात्र कास्यपदक दिलाएकी कराँते खेलाडी विमला तामाङलाई पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । नेपाली काँग्रेस सम्बद्ध नेपाल लोकतान्त्रिक खेलकुद संघ काठमाण्डु क्षेत्र नम्बर–१ सोमबार ले नगदसहित कदरपत्रद्वारा...

सेमिफाइनलबाटै घर फर्कियो मनाङ

२०७१ मंसिर १३ गते १५:५५

काठमाण्डु, १३ मंसिर– डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भुटानको थिम्पूमा जारी किङ्स कप फुटबलको सेमिफाइलनबाटै बाहिरिएको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा मनाङ बंगलादेशको शेख जमलसँग २–१ ले पराजित भयो । पराजयसँग ऊ सेमिफाइनलबाटै घर फर्किएको छ । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको मनाङले...

विश्वप्रसिद्ध फुटबलर पेलेले अस्पतालबाटै भने, ‘म ठीक हुँदैछु !’

२०७१ मंसिर १२ गते ८:५८

एजेन्सी– विश्वप्रसिद्ध फुटबल खेलाडी पेले बिरामी परेको खबरबाट उनका प्रशंसकहरु दुःखी भएकै बेला उनले ट्वीट गरेर आफू निको हुँदै गरेको लेखेका छन् । ब्राजिलका ख्यातीप्राप्त यी फुटबल खेलाडी मुत्र नलीमा संक्रमण भएपछि साओ पाओलोको एक अस्पतालको विशेष केयर युनिटमा भर्ना भएका थिए । ब्राजिलको...

कराते खेलाडी चीन प्रस्थान

२०७१ मंसिर ११ गते १०:५७

काठमाण्डु, ११ मंसिर– १६ औं एसियाली खुला फुलकन्टयाक्ट कराते प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज चीनको सांघाई प्रस्थान गरेको छ । भोलिदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा समान एक–एक पुरुष र महिला खेलाडीले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।...

रहेनन् फिल ह्युज

२०७१ मंसिर ११ गते १०:०५

एजेन्सी–खेलको क्रममा घाइते भएका २५ वर्षी अस्ट्रेलियन खेलाडी फिल ह्युजको आज दुखद् निधन भएको छ । उनको निधनले सम्पूर्ण क्रिकेटप्रेमीलाई शोकमा डुबाएको छ । अस्ट्रलियन टिमका डाक्टर पिटर बुकरले उनको निधन भएको पुष्टि गरेका छन् । अस्ट्रेलियाको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता सेफिल्ड सिल्डको एक खेलको...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

२०७१ मंसिर १० गते ९:५९

स्पेनको चर्चित फुटबल क्लब बार्सिलोनामा खेल्ने अर्जेन्टिनाका स्टार लियोनल मेसी च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सर्वाधिक बढी गोल गर्ने खेलाडी बनेका छन् । साइप्रसको क्लब एपोएल निकोसियाका विरुद्धको खेलमा मेसीले ह्याट्रिक गरेपछि उनी कीर्तिमान कायम गर्न सफल भएका हुन् । च्याम्पिएन लिगमा मेसीको गोलको संख्या...

टि–ट्वान्टीमा सोमपालको कीर्तिमान

२०७१ मंसिर ९ गते ४:१०

काठमाण्डु, ९ मंसिर–नेपाली किक्रेट खेलाडी सोमपाल कामीले टि–ट्वान्टीमा अन्तराष्ट्रिय कीर्तिमान कायम गरेकाछन् । नेपाली टोली सोमबारको खेलमा हङकङसँग पराजित भए पनि सोमपाल कामीले कीर्तिमान कायम गर्दै इतिहास रचन सफल भएका छन् । नेपाल र हङकङ दुबैसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट टि–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता...

नेपाल पराजित

२०७१ मंसिर ८ गते ७:४६

काठमाण्डु, ८ मंसिर– नेपाल र हङकङबीचकाे अन्तर्राष्टि्रय २०-२० क्रिकेटमा नेपाल २ विकेटले पराजित भएकाे छ ।  ...

मेसीले गरे कीर्तिमानी गाेल

२०७१ मंसिर ७ गते ११:२६

एजेन्सी– बार्सिलोना टिमका स्टार फुटबलर लियोनल मेसीले स्पेनिस लिगमा गए राति किर्तिमानी गोल गरेका छन्।   सेभिलालाई ५–१ गोलले पराजित गर्ने क्रममा पछिल्लो तीन खेलमा गोल गर्न चुकेका मेसी ह्याट्रिक गर्दै स्पेनिस लिगमा अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन्। याे ह्याट्रिकसँगै उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us