
काठमाण्डु, २० मंसिर– एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना तोकेको छ ।
एएफसीले उक्त रकम एक महिनाभित्र बुझाइसक्न निर्देशनात्मक पत्र लेखेको छ ।
जरिवानासँगै एएफसी यू– १६ च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तान र कोरियाविरुद्ध गरेको दुर्इ गोलसमेत खोसिएको छ ।
खेलमा नियम उल्लंघन गरेको आरोप एएफसीको छ । एएफसी अनुशासन समितिले एन्फाले खेलाडीहरुको योग्यतासम्बन्धी आर्टिकल २२ं.२ उल्लंघन गरेको आरोप लगाएको छ ।