नेपाल एएफसी यू– २३ च्याम्पियनसिपको समूह ‘सी’ मा

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते १६:२२ मा प्रकाशित

can-cricketकाठमाण्डु, १८ मंसिर– एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यू– २३ च्याम्पियनसिप छनोट खेलको समूह विभाजन गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘सी’ मा परेको छ।

समूह ‘सी’ को छनोट खेल आगामी मार्च २३ देखि ३१ तारिखसम्म इरानमा हुनेछ । नेपालको समूहमा आयोजक इरान, प्यालेस्टाइन, साविक उपविजेता साउदी अरेबिया र अफगानिस्तान छन् ।

छनोट खेलमा एसियाका ४४ देशले सहभागिता जनाउने भएका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us