
काठमाण्डु, १३ मंसिर– डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भुटानको थिम्पूमा जारी किङ्स कप फुटबलको सेमिफाइलनबाटै बाहिरिएको छ ।
शनिबार भएको पहिलो सेमिफाइनलमा मनाङ बंगलादेशको शेख जमलसँग २–१ ले पराजित भयो । पराजयसँग ऊ सेमिफाइनलबाटै घर फर्किएको छ ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको मनाङले दोश्रो खेलमा अग्रता लिएको थियो । मनाङका लागि ५५ औं मिनेटमा सेड्रिक अबाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
बंगाली टोलीका लागि सकवात रोनीले ८५ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्याए ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।