
एजेन्सी–खेलको क्रममा घाइते भएका २५ वर्षी अस्ट्रेलियन खेलाडी फिल ह्युजको आज दुखद् निधन भएको छ । उनको निधनले सम्पूर्ण क्रिकेटप्रेमीलाई शोकमा डुबाएको छ । अस्ट्रलियन टिमका डाक्टर पिटर बुकरले उनको निधन भएको पुष्टि गरेका छन् ।
अस्ट्रेलियाको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता सेफिल्ड सिल्डको एक खेलको दौरानमा सिड्नीको क्रिकेट मैदानमा यी दक्षिण अस्ट्रेलियन खेलाडी फिल ह्युजको टाउकोमा वेल्सकका शान एबाटले हानेको बलले गम्भिर चोट लागेको थियो।