
एजेन्सी–स्पेनिस क्लब रियल मड्रिडले फिफा क्लब वल्डकप फुटबलको उपाधि चुमेको छ ।
शनिबार राति साउथ अमेरिकन च्याम्पिएन सान लोरन्जालाई २–० गोल अन्तरले पराति गर्दै रियलले सो उपाधि हात पारेको हो ।
रियलले आफ्नो लगाातार २२ औँ जित सुनिश्चित गर्दै सन् २०१४ मा चार उपाधि चुम्न सफल भयो । यसअघि उसले च्याम्पियन्स लिग, युरोपियन सुपर कप र कोपा डेल रे जितिसकेको छ ।
रियलको जितमा सर्जिओ रोमास र ग्यारेथ बेलले समान १–१ गोल गरेका थिए ।