एजेन्सी–पाकिस्तानका बलर तथा विस्फोटक ब्याट्सम्यान सहिद अफ्रिदीले सन् २०१५ को एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने भएका छन् ।
नयाँ युवा पिँढीलाई स्थान दिनुपर्ने बताउदै उनले २०१५ को एकदिवसीय विश्वकपमा आफ्नो अन्तिम सहभागिता रहने बताए । दुबईमा आयोजित एक कार्यक्रममा उनले यस बारेमा आफुले पाकिस्तान क्रिकेट बोर्डलाई जानकारी दिर्ईसकेको बताए ।
उफ्रिदीले सन् १९९६ मा श्रीलङका बिरुद्घको खेलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा नै उनले सतक प्रहार गरेका थिए ।